Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको आजको बयान सकियो, बाँकी बयान कहिले ?

रवि लामिछानेको आजको बयान सकियो, बाँकी बयान कहिले ?

  • शुक्रवार, मंसिर १४ २०८१

  • 582
    SHARES

  • रवि लामिछानेको आजको बयान सकियो, बाँकी बयान कहिले ?

    काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ।

    आज उनको करिब साढे ६घण्टा लामो बयान लिइएको हो। जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखिको बयान दिउँसो ३ः३० बजे सकिएको हो।

    बाँकी बयानलाइ आइतबार निरन्तरता दिने र सोही दिन बयान सक्ने तयारी रहेको छ।स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई हिजो साँझ काठमाडौं ल्याइएको थियो।

    कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ। २ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ।


    शुक्रवार, मंसिर १४ २०८१०७:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij