Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक

  • शुक्रवार, मंसिर १४ २०८१

  • 394
    SHARES

  • प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक

    काठमाडौं। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ।

    मन्त्रालयले आज प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले डिसेम्बर २ देखि ५(मंसिर १७ देखि २० गते)सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न लागेको जनाएको छ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नुहुनेछ । समकक्षी ली छ्याङसँग प्रधानमन्त्री ओलीले पारस्परिक हितका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले उल्लेख गरेको छ।

    भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा,प्रतिनिधिसभा सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीलगायत निजी क्षेत्रका प्रतिनिधि र संचारकर्मीहरु सहभागी रहनेछन्। प्रधानमन्त्री नेतृत्वको टोली मंसिर २० गते स्वदेश फर्कनेछ।


    शुक्रवार, मंसिर १४ २०८१०१:५६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij