Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढायोः प्रचण्ड

सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढायोः प्रचण्ड

  • शुक्रवार, मंसिर १४ २०८१

  • 397
    SHARES

  • सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढायोः प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढाएको टिप्पणी गर्नुभएको छ।

    तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाट गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा ‘मेरिटोक्रेसी’ लागु गरेको भन्दै ती प्रयासहरूमाथि सरकारले आक्रमण थालेको आरोप लगाउनुभयो।

    प्रचण्डले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सचेत नेपालीका निम्ति सैह्य नहुने बताउनुभयो। सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहने उहाँको भनाइ छ । उहाँले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो।

    प्रचण्डले संघीय संसद्सम्म पुर्याइएको शिक्षा ऐन आगामी अधिवेशनबाट पारित गर्न जोड गरिने सुनाउनुभयो। ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने उहाँको भनाइ छ ।


    शुक्रवार, मंसिर १४ २०८१०१:४३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij