Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नेपाल र फिनल्याण्डबीच लगानी परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर

नेपाल र फिनल्याण्डबीच लगानी परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर

  • बिहिवार, मंसिर १३ २०८१

  • 570
    SHARES

  • नेपाल र फिनल्याण्डबीच लगानी परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर

    काठमाडौं। नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भएको भेटवार्तामा उक्त सम्झौता भएको हो।

    फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गर्नुभयो।

    यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य रहेको छ।

    अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्री लगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सकिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

    आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ। नेपाल अतिकम विकसित देश (एलडीसी)को सूचीमा परेकाले पचास प्रतिशत आर्थिक सहायता अनुदानको रुपमा उपलब्ध गराइनेछ।


    बिहिवार, मंसिर १३ २०८१०३:३५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij