Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै

परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै

  • बिहिवार, मंसिर १३ २०८१

  • 674
    SHARES

  • परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज चीन जानुहुने भएको छ । मन्त्री राणा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जाने हुनु भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जान लाग्नुभएको हो ।

    चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लाग्नु भएको छ ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा उहाँले प्रधानमन्त्रीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल गर्ने बताइएको छ ।

    उहाँ प्रधानमन्त्रीको भ्रमण दलमा पनि सहभागी हुनुहुने जनाइएको छ ।


    बिहिवार, मंसिर १३ २०८१०९:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij