काठमाडौं । कम्बोडियाको पाँचदिने भ्रमण सकी सभामुख देवराज घिमिरे स्वदेश फर्किनुभएको छ । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोमपेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट हिजो साँझ काठमाडौं फर्किनुभएको हो ।
सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गर्नुभयो ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को ११ औँ पूर्णसत्रमा सहभागी हुन जानुभएको हो । उहाँ आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औँ पूर्णसत्रमा सम्बोधन गर्नुभएको थियो ।
सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको भन्दै नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्धन गर्न सफल भएको दाबी गर्नुभयो । ‘
कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राराखे। युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले शुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने उहाँले बताउनुभयो ।