Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

महानगरले हुलाक र इमेलमार्फत पठायो एमालेलाई जरिवानाको पत्र

महानगरले हुलाक र इमेलमार्फत पठायो एमालेलाई जरिवानाको पत्र

  • सोमवार, मंसिर १० २०८१

  • 470
    SHARES

  • महानगरले हुलाक र इमेलमार्फत पठायो एमालेलाई जरिवानाको पत्र

    काठमाडौं। नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ।

    हिजो जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन।

    हिजो भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो। एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो।

    तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ।

    एमालेले कार्यक्रम सकेलगत्तै त्यस स्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको तर महानगरले ट्रक पठाउनुको साटो जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति आक्रोश पोखेको छ।


    सोमवार, मंसिर १० २०८११२:४६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij