काठमाडौं। सुनको मूल्य सोमबार एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ।
अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नु तथा सरकारले भन्सारदर समेत घटाएका कारण तोलामा झन्डै १६ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न बज्राचार्यले जानकारी दिनुभयो।