Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन : आज मतपत्र छपाइ सक्ने आयोगको तयारी

उपनिर्वाचन : आज मतपत्र छपाइ सक्ने आयोगको तयारी

  • शनिवार, मंसिर ८ २०८१

  • 490
    SHARES

  • उपनिर्वाचन : आज मतपत्र छपाइ सक्ने आयोगको तयारी

    काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम आज सक्ने तयारी गरेको छ।

    आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार छापिएका मतपत्र उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा पठाइसकिएको छ भने बाँकी ठाउँमा केही दिनमा अब पठाइने छ। मतपत्र छपाइ हुने क्रम जारी रहेको भन्दै उहाँले बाँकी ठाउँमा पठाउने क्रमपनि केही दिनमा सकिने उहाँले बताउनुभयो।

    आयोगले यसपटकको उपनिर्वाचनमा उम्मेदवारको सङ्ख्याका आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र तयार गरेको छ।

    स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन्। नमुना मतपत्रका आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार एवं मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ।


    शनिवार, मंसिर ८ २०८१०१:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij