Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने

एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने

  • शुक्रवार, मंसिर ७ २०८१

  • 534
    SHARES

  • एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने

    काठमाडौँ । नेकपा एमाले आज शुक्रबार जागरण सभाको नाममा काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने भएको छ।

    काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागिएको हो ।

    एमाले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन्। जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

    सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको छ ।

     


    शुक्रवार, मंसिर ७ २०८१०७:५६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij