Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

  • बिहिवार, मंसिर ६ २०८१

  • 483
    SHARES

  • भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

    काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपालको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच उहाँलाई दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गर्नुभएको हो।

    प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएका सेना अध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको नेपाली सेनाले जनाएको छ।

    सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। भारतीय स्थल सेनाका सेना अध्यक्ष द्विवेदी हिजो नेपाल आउनु भएको हो ।

    नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।

     


    बिहिवार, मंसिर ६ २०८१०३:२२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij