काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय हुन सक्ने छ । गत मंगलबार साँझ बोलाइएको बैठकअन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
प्रधानमन्त्री ओली आगामी हप्ता चीन जाने चर्चा भएपनि सरकारले यसको औपचारिक घोषणा गरेको छैन ।
आजको बैठकमा यस बाहेक केही नियुक्ति तथा बढुवाका साथै केही महत्वपूर्ण निर्णय हुन सक्ने जनाइएको छ ।