Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगे

भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगे

  • बुधवार, मंसिर ५ २०८१

  • 712
    SHARES

  • भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगे

    काठमाडौं। भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुग्नुभएको छ। नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उहाँ आज केहीबेर अगाडी काठमाडौंमा अवतरण गर्नुभएको हो।

    उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम तय गरिएको छ ।

    नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ। त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुग्नु भएको हो।

    द्विवेदीले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने तालिका छ ।

    नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पुशपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।


    बुधवार, मंसिर ५ २०८१०२:५५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij