Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदी आज नेपाल भ्रमणमा आउँदै

भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदी आज नेपाल भ्रमणमा आउँदै

  • बुधवार, मंसिर ५ २०८१

  • 438
    SHARES

  • भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदी आज नेपाल भ्रमणमा आउँदै

    काठमाडैं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज बुधबार पाँच दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ।

    राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उहाँलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

    नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नुहुने छ । उहाँले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्नुहुने कार्यसूची रहेको छ।

    प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ।

     


    बुधवार, मंसिर ५ २०८१०७:१८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij