Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा वायु प्रदूषणले अवस्था गम्भीर, नियन्त्रण गर्न लकडाउन

पाकिस्तानमा वायु प्रदूषणले अवस्था गम्भीर, नियन्त्रण गर्न लकडाउन

  • मंगलवार, मंसिर ४ २०८१

  • 550
    SHARES

  • पाकिस्तानमा वायु प्रदूषणले अवस्था गम्भीर, नियन्त्रण गर्न लकडाउन

    काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ ।

    प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।

    त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।

    त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।

    सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ । छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु गुणस्तर भएका सहरहरूको सूचीमा भारतको नयाँ दिल्ली सबैभन्दा खराब एक्यूआईका साथ शीर्षमा छ ।

     


    मंगलवार, मंसिर ४ २०८१०३:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij