Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

  • मंगलवार, मंसिर ४ २०८१

  • 589
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे बस्नेछ।

    विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो।

    यसअघि सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।

    यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो। जसअनुसार थप छलफलका लागि आज पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो।


    मंगलवार, मंसिर ४ २०८१०८:३४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij