Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार मुद्दामा सफाइ पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा

भ्रष्टाचार मुद्दामा सफाइ पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा

  • सोमवार, मंसिर ३ २०८१

  • 610
    SHARES

  • भ्रष्टाचार मुद्दामा सफाइ पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा
    काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिनुभएको छ। आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर हुनुभएका अर्यालले लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाउनुभएको हो।
     
    मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको बताइएको छ।
     
    अर्यालले आइतबार दिउँसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गर्नुभएको थियो । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्किनु भएका
    अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो। गत कात्तिक १४ मा सफाइ पाउनुभएका उहाँले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गर्नुभएको थियो ।
     
    अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले सफाइ दिएपछि भने उहाँको निलम्बन फुकुवा भएको थियो।


    सोमवार, मंसिर ३ २०८१०१:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij