Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चितवन भरतपुर गीतानगरमा कृषि विकास बैंकको  नयाँ शाखा उद्घाटन

चितवन भरतपुर गीतानगरमा कृषि विकास बैंकको  नयाँ शाखा उद्घाटन

  • आइतवार, मंसिर २ २०८१

  • 545
    SHARES

  • चितवन भरतपुर गीतानगरमा कृषि विकास बैंकको  नयाँ शाखा उद्घाटन
    काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. ६ गीता नगर बजारमा कृषि विकास बैक ली.को नयाँ शाखा शनिबारदेखि उद्घाटन गरिएको छ । गाउँ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ कृषि विकास बैक ली. ले नयाँ शाखा स्थापना गरेको हो ।
     
    बैकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीता नगर शाखाको नयाँ कार्यालय उद्घाटन गर्नुभएको कार्यक्रमको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गर्नुभएको थियो । 
    ‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका साथ बैकको २ सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीता नगर शाखा उद्घाटन गरेको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराउनुभयो । बैकबाट सुनदेखि नुन सम्म, हलोदेखि हाइड्रो सम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरूको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनु हुन बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गर्नुभयो । 
     
    यो क्षेत्र कृषिको लागी प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले सहुलियत पूर्ण कर्जाको उपयोग गरी व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैक सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले आग्रह गर्नुभयो । पौडेलले भरतपुर क्षेत्रका जनताको जीवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईँहरूको साथमा रही तपाईँहरूको घर आँगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।
     
    साथै, कर्मचारीहरूलाई पनि सेवाग्राहीहरूले चासो लिएका विषय तथा निजलाई उपलब्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्त दुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिनुभयो । बैंकका करिब पाँच लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेस सहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरी सेवा दिइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिनुभयो । 
     
    उद्घाटन कार्यक्रममा बैकको गीता नगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फ फुलमालासहित सम्मान गरिएको बैकका गीता नगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिनुभयो । 
     
    सोही कार्यक्रममा प्रबन्धक सागर प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै बैकको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक संवृद्धि कार्कीले बैकका विषयमा प्रकाश पार्नुभएको थियो भने बैकका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 
     
    कार्यक्रममा भरतपुर महानगर वडा नं. ८ का वडा अध्यक्ष जीवनाथ कँडेल, वडा नं. ६ का वडा वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी भने कार्यक्रममा बैकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, बागमती तथा गण्डकी प्रदेश चिफ सुशील हुमागाईँ, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ एण्ड सेल्स विभागका वरिष्ठ शाखा प्रमुखद्वय धुव्र पौडेल र खेटराज दाहाल,  लगायतको विशेष सहभागी थियो । 
     


    आइतवार, मंसिर २ २०८१०२:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij