Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

भारतीय मिडियामा आएको प्रचण्डको अभिव्यक्तिले आलोचना शुरु

भारतीय मिडियामा आएको प्रचण्डको अभिव्यक्तिले आलोचना शुरु

  • शनिवार, मंसिर १ २०८१

  • 518
    SHARES

  • भारतीय मिडियामा आएको प्रचण्डको अभिव्यक्तिले आलोचना शुरु

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुटनीतिक मान्यता समेत भुलेर भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आलोचना शुरु भएको छ ।

    देशभित्र छलफलको विषय समेत बन्न नसक्ने ‘भारतविरुद्ध चिनियाँ कार्ड खेल्ने’ विषयलाई प्रचण्डले भारतीय मिडियाका लागि हेडलाइन बनाउनुभएको छ ।

    नेपालको परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त बुझ्नुभएका पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनकमात्रै नभएर कुटनीतिकरुपमा अक्षम्य समेत रहेको टिप्पणी भइरहेको छ ।

    गत विहीवार दक्षिण भारतबाट प्रकाशन हुने अङ्ग्रेजी भाषाको अखबार ’दि हिन्दू’मा पूर्वप्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र देशको स्वाभिमानलाई प्रश्न गर्नेगरी बोलेको भन्दै आलोचना भएको हो । उहाँले भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेलेको आरोप लगाउनुभएको थियो ।


    शनिवार, मंसिर १ २०८१०१:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij