Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अजरबैजानको भ्रमण पूरा गरी राष्ट्रपति पौडेल स्वदेश फिर्ता

अजरबैजानको भ्रमण पूरा गरी राष्ट्रपति पौडेल स्वदेश फिर्ता

  • शुक्रवार, कार्तिक ३० २०८१

  • 348
    SHARES

  • अजरबैजानको भ्रमण पूरा गरी राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ । शुक्रवार अजरबैजानको भ्रमण पूरा गरी उहाँ स्वदेश फर्किनुभएको हो ।

    कार्तिक २६ गतेबाट अजरबैजानको बाकुमा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९) मा सहभागी भइ राष्ट्रपति पौडेल आज स्वदेश फर्किनुभएको हो ।

    राष्ट्रपति पौडेललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु पुग्नुभएको थियो ।

    राष्ट्रपति पौडेलले कोप- २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो ।

    सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र मालदिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्र सङ्घका महासचिवले आयोजना गर्नुभएको कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।


    शुक्रवार, कार्तिक ३० २०८१११:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij