काठमाडौं। सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा पुगेको छ।
यसदिन ३०८ स्क्रिप्सको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से दोहोरो अंकले घटेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
आज कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो।सो कम्पनीको ३३ करोड बढिको कारोबार भयो। कारोबारमा आएका ९९ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो।
बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। चार समूहको उपसूचक बढ्दा अन्यक समूहको उपसूचक नकारात्मक देखिए। आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.२० प्रतिशतले बढ्यो।