Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आरोप प्रमाणित भए सबै पद त्याग्छुँ : बद्री पाण्डे

आरोप प्रमाणित भए सबै पद त्याग्छुँ : बद्री पाण्डे

  • बुधवार, कार्तिक २८ २०८१

  • 673
    SHARES

  • आरोप प्रमाणित भए सबै पद त्याग्छुँ : बद्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न मागगर्नुभएको छ ।

    कांग्रेस सहमहामन्त्रीसमेत रहनुभएका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाउनुभएको छ। मन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताउनुभएको छ ।

    स्वच्छ चरित्र लिएर मन्त्रालयमा आएकोे र त्यसरी नै बाहिरिन चाहेको भन्दै पाण्डेले भन्नुभयो, ‘पार्टीबाटै निर्वाचित एकजना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु ।’

    आफ्नो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानुनी लडाइँ लड्ने पनि उहाँले बताउनुभयो ।


    बुधवार, कार्तिक २८ २०८१०२:३८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij