Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

कानुन विपरीत काम गर्ने अनुसन्धानको दायरामा आउनैपर्छ : गगन थापा

कानुन विपरीत काम गर्ने अनुसन्धानको दायरामा आउनैपर्छ : गगन थापा

  • शनिवार, कार्तिक २४ २०८१

  • 320
    SHARES

  • कानुन विपरीत काम गर्ने अनुसन्धानको दायरामा आउनैपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताउनुभएको छ।

    शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उहाँले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताउनुभएको हो ।

    महामन्त्री थापाले गल्ती गर्नेले सजाय भोग्नुपर्ने भन्दै कुनै कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नमिल्ने बताउनुभयो।
    सहकारी ठगी प्रकरणमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

    यसै हप्ता नेकपा एमालेका नेता तथा कोशी सरकारका तत्कालिन आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारी पनि मानव तस्करी प्रकरणमा जोडिएका छन् ।


    शनिवार, कार्तिक २४ २०८१०२:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij