Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाले स्थानीय तहका लागि उम्मेदवार छनोट गर्दै

रास्वपाले स्थानीय तहका लागि उम्मेदवार छनोट गर्दै

  • बिहिवार, कार्तिक २२ २०८१

  • 589
    SHARES

  • रास्वपाले स्थानीय तहका लागि उम्मेदवार छनोट गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ ।

    रास्वपाले त्यसका लागि प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको जानकारी दिनुभयो ।

    त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

    यस्तै उम्मेदवारको टुंगो लगाउन कात्तिक २८ गते मतदान भएर अन्तिम नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रकाशित गरिनेछ ।

    r_6WMOTp9cHr.png


    बिहिवार, कार्तिक २२ २०८१०२:२०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij