Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

आगामी उपनिर्वाचनको रणनीति बनाउँदै कांग्रेस र एमाले, माओवादी हेर र पर्खमा (खासखबर)

आगामी उपनिर्वाचनको रणनीति बनाउँदै कांग्रेस र एमाले, माओवादी हेर र पर्खमा (खासखबर)

  • बुधवार, कार्तिक २१ २०८१

  • 426
    SHARES

  • आगामी उपनिर्वाचनको रणनीति बनाउँदै कांग्रेस र एमाले, माओवादी हेर र पर्खमा (खासखबर)

    काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले तयारी थालेका छन् ।

    निर्वाचन आयोगले उपनिर्वाचनको लागि तीब्र तयारी गरिरहेका बेला दलहरुले पनि उम्मेदवार छनोटका लागि बहस चलाएका छन् । केही दलले भने उम्मेदवारको टुंगो लगाइसकेका छन् । विशेष गरी दुई ठूला दल नेपाली कांग्रेस र एमालेले उम्मेदवार तय गरिरहेका छन् । माओवादी केन्द्र भने कता मिल्न सकिन्छ भन्दै दाउ कुरिरहेको देखिन्छ । नेपाली कांग्रेसका नेता एवं प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले विधान अनुसार उम्मेदवार छनोट गरिरहेको जानकारी दिनुभयो ।

    स्थानीय तहमा रिक्त विभिन्न ३९ पदका लागि उपनिर्वाचन हुँदैछ । जिसस प्रमुखसहित स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुन एक वर्षभन्दा बढी समय बाँकी छँदै कुनै कारणले पद रिक्त भएमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगको विवरणअनुसार नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष २१ तथा गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडाध्यक्ष ९ गरी कुल ३७ पद रिक्त छन् । दुई जिल्ला समन्वय समिति (जिसस) प्रमुखको पद पनि खाली छ । एमाले नेता विष्णु रिजालले कुनै दलहरुसँग तालमेल नगरी आफ्नै पार्टीको उम्मेदवार छनोट गरिरहेको जानकारी दिनुभएको छ ।

    सबैभन्दा धेरै नेपाली कांग्रेसले जितेका स्थानीय तहका पद रिक्त छन् । २०७९ वैशाखको आवधिक निर्वाचनको विवरणअनुसार यसअघि कांग्रेसले जितेका २३, एमालेले जितेका ७, माओवादीले जितेका ६ र जसपा नेपालले जितेका १ ठाउँमा उपनिर्वाचन हुँदैछ । यता, राजनीतिक विश्लेषक भेषराज घिमिरेले स्थानीय तहमा पार्टीभन्दा व्यक्ति हेरेर मतदान गर्ने अवस्था आउनसक्ने बताउनुभयो ।

    उपनिर्वाचनका लागि दलहरुले तयारी गरिरहेका बेला जनताले भने यो पटकको निर्वाचनलाई विशेष रुपमा लिएका छन् । मिसन ०८४ को बहस चलिरहेको पूर्वसन्ध्यामा हुने उपनिर्वाचनमा मतदाताहरुले विकेक प्रयोग गर्ने आंकलन गरिएको छ ।


    बुधवार, कार्तिक २१ २०८१०७:०१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij