Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने, तोकिए कमाण्डर

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने, तोकिए कमाण्डर

  • बुधवार, कार्तिक २१ २०८१

  • 427
    SHARES

  • रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने, तोकिए कमाण्डर

    काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमान्ड गर्नेछन् ।

    उपनिर्वाचन हुने अधिकतम पदहरुमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो । सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा रहेको रास्वपाले उपनिर्वाचनमा भाग लिने वा नलिनेमा अन्योल थियो, तर पार्टीले सडक आन्दोलनलाई निरन्तरता दिँदै उपचुनावमा भाग लिने रणनीति बनाएको छ ।

    यस उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति बनाएको छ । समितिको संयोजकमा पराजुली तोकिएका छन् । सात प्रदेशमा सातै वटा प्रदेश संयन्त्र, जिल्ला संयन्त्र, पालिका संयन्त्र, निर्वाचन क्षेत्र समिति संयन्त्र र सम्बन्धित वडा संयन्त्र मिलेर निर्वाचन परिचालन समिति बन्नेछ । सम्बन्धित पालिका वा वडाको संयत्र प्रमुख नै चुनावी कमान्डर रहनेछन् ।

     


    बुधवार, कार्तिक २१ २०८१०२:४६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij