Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाको प्रदर्शन जारी, ६ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

रास्वपाको प्रदर्शन जारी, ६ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

  • मंगलवार, कार्तिक २० २०८१

  • 496
    SHARES

  • रास्वपाको प्रदर्शन जारी, ६ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरेको प्रदर्शनबाट प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
    निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेको भन्दै प्रदर्शनबाट ६ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो।

    ४ पुरुष र २ महिलालाई नियन्त्रण लिइ प्रहरीको मातहतमा राखिएको पाण्डेले बताउनुभया ।सभापति रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो ।

    सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीसहित लीला पछाइ र रामबहादुर खनाललाई पनि म्याद थपको लागि केही बेर अगाडी जिल्ला अदालत कास्कीतर्फ लगिएको थियो ।

    कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालतमा पेस गरिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।

    सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

    सभापति लामिछानेलाई म्याद थपका निम्ति अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने उनकोे रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । रास्वपा नेता दीपक बोहराका अनुसार अहिले पोखराको जिरो किलोस्थित घन्टी घरमा रविका समर्थकले वृहत खबरदारी सभा गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीले सो क्षेत्रलाई कडा रूपमा सुरक्षा निगरानी गरिरहेको छ ।


    मंगलवार, कार्तिक २० २०८१०१:३७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij