Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तिहारपछिको पहिलो कारोबारमा घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

तिहारपछिको पहिलो कारोबारमा घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

  • मंगलवार, कार्तिक २० २०८१

  • 1.0K
    SHARES

  • तिहारपछिको पहिलो कारोबारमा घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार(आज) छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । 
     
    तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकोमा तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो । 
     
    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    मंगलवार, कार्तिक २० २०८१११:०१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij