Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘द हङकङ सिक्सेस’ क्रिकेटमा नेपालले अस्ट्रेलियालाई हरायो

‘द हङकङ सिक्सेस’ क्रिकेटमा नेपालले अस्ट्रेलियालाई हरायो

  • शनिवार, कार्तिक १७ २०८१

  • 802
    SHARES

  • ‘द हङकङ सिक्सेस’ क्रिकेटमा नेपालले अस्ट्रेलियालाई हरायो

    काठमाडौं। नेपालले २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हराएको छ। नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो।

    अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए । नेपालका प्रतिश जिसीले तीन विकेट लिए । यस्तै लोकश बम र विबेक यादवले एक÷एक विकेट लिए ।

    त्यसअघि मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा दुई विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दिप जोराले अविजित ५१ रन बनाएर रिटायर्ड भए । यस्तै लोकेश बमले ३३ रन बनाए । अस्ट्रेलियाका ज्याक उडले दुई विकेट लिए ।

    यो जीतसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्यान्डलाई छ विकेटले पराजित गरेको थियो ।

    यस्तै नेपालले क्वाटरफाइनलमा आजै दिउँसो १ बजेर ३५ मिनेटमा श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।

     


    शनिवार, कार्तिक १७ २०८१०८:४३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij