Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

तिहारमा पनि महँगीको मार उत्तिकै, आमसर्वसाधारणहरु कालोबजारी र चर्को मूल्यवृद्धिको सामना गर्दै, सरकार बेखबर (खास खबर)

तिहारमा पनि महँगीको मार उत्तिकै, आमसर्वसाधारणहरु कालोबजारी र चर्को मूल्यवृद्धिको सामना गर्दै, सरकार बेखबर (खास खबर)

  • बुधवार, कार्तिक १४ २०८१

  • 493
    SHARES

  • तिहारमा पनि महँगीको मार उत्तिकै, आमसर्वसाधारणहरु कालोबजारी र चर्को मूल्यवृद्धिको सामना गर्दै, सरकार बेखबर (खास खबर)
    काठमाडौं । दशैँमा महँगीको मार खेपेका आम नागरिकहरूको भान्सा तिहारमा पनि महँगिने भएको छ । बजारमा बिस्तारै कालोबजारी शुरु गर्न थालिएको उपभोक्ताकर्मीहरूको गुनासो रहेको छ । पछिल्लो समय विपत्तिबाट सडक सञ्जालहरू क्षतविक्षतको भएका कारण मुलुकका विभिन्न सहरहरूमा बसोबास गर्ने नागरिकहरूले मूल्यवृद्धिको सामना गर्नुपर्‍यो । खेतबारीमा फलेका चिज वस्तुबाहेक बजारबाट किनमेल गर्नुपर्ने सरसामानमा ग्रामीण भेकका जनताको पनि ढाड सेकिएको थियो । नागरिक अगुवा चरण प्रसाईंले जबाफदेही सरकारले जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै आमसर्वसाधारणहरुले दुःख पाइरहेको जिकिर गर्नुभयो । 
     
    मुलुकमा खेतबारी बाँझो बस्ने र शहर केन्द्रित बस्तीका कारण पनि उत्पादनमा कमी आइरहेको छ । सहरहरू कंक्रिटले भरिभराउ भएका छन्, उत्पादन गर्नका लागि त परै जाओस् काठमाडौंमा जमरा राख्न समेत माटो नपाउने विडम्बना रहेको छ । यसैको फाइदा उठाउँदै व्यापारीहरूले मौकाको फाइदा उठाउने गरेका छन् । बजारमा अभाव सिर्जना गराएर पनि मूल्यवृद्धि हुने गरेको छ । नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउँदले जनप्रतिनिधिहरू पनि जनताप्रति उत्तरदायी नहुँदा कालोबजारीको दर बढिरहेको छ । 
     
    तिहारका बेला आवश्यक पर्ने चिनी, तेल, मैदा, गहुँको पीठोलगायतका भाइमसलामा समेत नागरिकहरूले चर्को मूल्य तिर्नुपर्ने अवस्था देखिएको छ । सरकारी अनुगमन फितलो हुँदा समेत बेलाबेलामा व्यापारीहरूले मनमौजी गरेको पाइएको छ । सहरमा व्यापार व्यवसाय गर्ने पसलेका पनि आआफ्नै पीडा रहेको पाइन्छ । वर्षभरीको मुनाफा यस्तै चाडबाडमा निकाल्नुपर्ने बाध्यता रहेको छ । आम नागरिकका समस्यामा सरकार गम्भीर बन्नुपर्दछ । वर्षेनीको मूल्यवृद्धिबाट छुटकारा पाउनका निम्ति सरकारको उचित नीतिको समेत खाँचो रहेको छ । 
     
     


    बुधवार, कार्तिक १४ २०८१०८:०४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij