Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजार : नेप्सेमा आज फेरी गिरावट

सेयर बजार : नेप्सेमा आज फेरी गिरावट

  • बुधवार, कार्तिक १४ २०८१

  • 420
    SHARES

  • सेयर बजार : नेप्सेमा आज फेरी गिरावट

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज १४.४३ अंक घटेर बन्द भएको छ। तिहारअघिको अन्तिम कारोबार दिन आज बजार ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा बन्द भएको हो।

    भोलिदेखि यही कात्तिक १९ गतेसम्म सेयर बजार तिहार बिदा छ। अब बजार एकैपटक कात्तिक २० गते मंगलबार खुल्नेछ। यस दिन कारोबार रकममा भने कमी आएको छ ।

    आज पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। हिजो ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

    आज ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ।आज पाँच कम्पनीको मूल्य स्थिर छ।


    बुधवार, कार्तिक १४ २०८१०४:३९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij