Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमाले नेतृहरुको कारबाही रोकियो

एमाले नेतृहरुको कारबाही रोकियो

  • मंगलवार, कार्तिक १३ २०८१

  • 447
    SHARES

  • एमाले नेतृहरुको कारबाही रोकियो

    काठमाडौं । ‘दान’को जग्गामा पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णयविपरीत अभिव्यक्ति दिएपछि स्पष्टीकरण सोधिएका दुई नेतालाई तत्काल कारबाही गर्नबाट नेकपा एमाले पछाडि हटेको छ ।

    स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई दाने जग्गाबारे पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको र फेसबुकमा लेखेको भन्दै एमालेले सात दिने स्पष्टीकरण सोधेर कारबाहीको तयारी गरेको थियो । पाण्डे र तिम्सेनाले तोकिएकै समयावधिभित्र (कात्तिक १२ गते सोमबार) स्पष्टीकरण बुझाइसकेका छन् ।

    नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको पार्टी विधानको धारा २४ र ७५ देखि ८२ सम्म समेटिएका विषय पार्टीका सबै सदस्यले पालना गर्नुपर्ने बताउनुभयो ।

    व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले पार्टी कार्यालय भवन बनाउन लिएको दाने जग्गाबारे दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रथम दृष्टिमै कानुन विपरीत ठहर गरेपछि नेताद्वयमाथिको कारबाहीमा ‘ब्रेक’ लागेको हो ।

     


    मंगलवार, कार्तिक १३ २०८१०५:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij