Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा

माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा

  • शनिवार, कार्तिक १० २०८१

  • 439
    SHARES

  • माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।

    खबरदारीसभा अघिे काठमाडौंका विभिन्न ठाउँबाट र्‍यालीसहित माओवादी नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएका थिए ।

    सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मालगायत पदाधिकारी र नेताहरु सहभागी छन् ।

    माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गर्दै खबरदारी सभा गरेको हो ।

    त्यस्तै आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन षड्यन्त्र भइरहेको भन्दै त्यसको विरोध र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको माओवादी केन्द्रको भनाइ छ ।


    शनिवार, कार्तिक १० २०८१०२:५१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij