Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.5K
    SHARES

  • अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन दिएको छ ।

    नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्री–वितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

    गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र पदाधिकारी सहभागी बैठकले क्रसर उद्योगको अनुगमन गरी अद्यावधिक विवरण गृह मन्त्रालय पठाउन समेत निर्देशन दिएको छ ।

     


    मंगलवार, कार्तिक २५ २०७७०७:०१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij