Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय जलवायु सम्मेलन काठमाडौंमा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

राष्ट्रिय जलवायु सम्मेलन काठमाडौंमा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

  • शनिवार, कार्तिक १० २०८१

  • 727
    SHARES

  • राष्ट्रिय जलवायु सम्मेलन काठमाडौंमा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौं । राष्ट्रिय जलवायु सम्मेलन आज काठमाडौंमा हुँदैछ।

    वन तथा वातावरण मन्त्रालयको आयोजनामा होटल र्‍याडिसनमा हुने सम्मेलनको बिहान १० बजे वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

    आगामी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको छ।

    मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले बताउनुभयो ।

    सम्मेलनले आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउन सहयोग पुग्ने उनको भनाइ छ। सम्मेलनको उद्घाटनपछि मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ का बारेमा प्रस्तुतीकरण गर्नेछन्।

    त्यसपछि जलवायु वित्त, हानि–नोक्सानी, पर्वतीय क्षेत्र, जलवायु लैङ्गिक मुद्दालगायत सातओटा क्षेत्रगत विषयमा छलफल हुने ढुंगानाले जानकारी दिनुभयो ।


    शनिवार, कार्तिक १० २०८१०८:२३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij