Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्ष यागबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्ष यागबीच भेटवार्ता

  • बिहिवार, कार्तिक ८ २०८१

  • 470
    SHARES

  • अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्ष यागबीच भेटवार्ता

    एजेन्सी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलमा अमेरिकामा रहेका अर्थमन्त्री विष्णु पौडेलले र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष यिगमिन यागसँग भेट गर्नुभएको छ ।

    भेटमा उनीहरूबीच एसियाली विकास बैंकको वर्तमान पूुजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ। उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

    हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रियाबारे पौडेललाई जानकारी दिनुभयो ।

    मन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिनुभयो

    अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गर्नुभएको छ ।


    बिहिवार, कार्तिक ८ २०८१०८:३९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij