Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेको ओरालो यात्रा जारी, यस्तो आजको कारोबार

सेयर बजारः नेप्सेको ओरालो यात्रा जारी, यस्तो आजको कारोबार

  • बुधवार, कार्तिक ७ २०८१

  • 684
    SHARES

  • सेयर बजारः नेप्सेको ओरालो यात्रा जारी, यस्तो आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज २०.४१ अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.७६ प्रतिशत घटेर २,६४५.३९ विन्दुमा बन्द भएको छ।

    नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ। आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिजो चार अर्ब १७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

    आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ। बाँकी सबै समूहको परिसूचक घटेको छ।

    फाइनान्स समूहको परिसूचक २.३२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ। आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।


    बुधवार, कार्तिक ७ २०८१०४:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij