Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमाले पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

एमाले पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • बुधवार, कार्तिक ७ २०८१

  • 454
    SHARES

  • एमाले पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङ्गबाट लिएको जग्गाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

    अधिवक्ता ज्ञानबहादुर बस्नेतले गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी गर्दै रिट दायर गर्नुभएको वरिष्ठ अधिवक्ता ध्रुबलाल श्रेष्ठले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनु भयो।

    सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेपनि पछी न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेपछि आज रिट दर्ता गरिएको श्रेष्ठले बताउनु भयो । रिटमा उक्त भवन निर्माण रोक्नु भनी पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

    रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन शिलन्यास समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।

     


    बुधवार, कार्तिक ७ २०८१०२:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij