Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय हितका मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने सत्तारुढ दलहरुको निर्णय

राष्ट्रिय हितका मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने सत्तारुढ दलहरुको निर्णय

  • बुधवार, कार्तिक ७ २०८१

  • 282
    SHARES

  • राष्ट्रिय हितका मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने सत्तारुढ दलहरुको निर्णय

    काठमाडौं । सत्तारुढ दलबीच राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । साथै सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रमका विषयमा समेत नेताहरूबीच कुराकानी भएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट रहेको दृढताका साथ काम गरिरहेकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएको थियो ।

    त्यस्तै प्रधानमन्त्री ओलीले सरकारको सय दिन पुगेको अवसरमा बुधबार दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्ने तयारीबारे जानकारी गराउनुभएको थियो । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराउनुभएको थियो।

    उहाँले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको भन्दै यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरूले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्नुपर्ने बताउनुभएको थियो । लेखकको प्रस्तावमा सबै दल सहमत भएका थिए ।

     


    बुधवार, कार्तिक ७ २०८१०२:१२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij