Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

विपक्षी दलहरूले बुझाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

विपक्षी दलहरूले बुझाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

  • मंगलवार, कार्तिक ६ २०८१

  • 594
    SHARES

  • विपक्षी दलहरूले बुझाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

    काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्।

    माओवादी केन्द्रका अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

    प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।

    विपक्षी दलहरुद्धारा बुझाइएको ज्ञापनमा एमाले र नेपाली काँग्रेसले मिति २०८१/०३/१७ गते मध्यराती ७ बुँदे सम्झौता गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाइ तीब्रता दिने विषय सार्वजनिक गरेको भएपनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ ।





    मंगलवार, कार्तिक ६ २०८१०७:५६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij