Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने पक्राउ प्रकरणले रास्वपा आन्दोलित, सरकारले प्रतिशोध साँधेको आरोप, अनुसन्धानलाई सघाउन सरकारको आग्रह (खास खबर)

रवि लामिछाने पक्राउ प्रकरणले रास्वपा आन्दोलित, सरकारले प्रतिशोध साँधेको आरोप, अनुसन्धानलाई सघाउन सरकारको आग्रह (खास खबर)

  • सोमवार, कार्तिक ५ २०८१

  • 908
    SHARES

  • रवि लामिछाने पक्राउ प्रकरणले रास्वपा आन्दोलित, सरकारले प्रतिशोध साँधेको आरोप, अनुसन्धानलाई सघाउन सरकारको आग्रह (खास खबर)
    काठमाडौं । कांग्रेस र रास्वपाबीचको दुरी बढाएर सत्ता लम्ब्याउने प्रयत्नमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न सहकारीमा नाम मुछिएका व्यक्तिहरूलाई पक्राउ नगरेको भन्दै रास्वपाका कार्यकर्ताहरू आन्दोलित बनेका छन् । कास्कीको पोखरालगायत काठमाडौंका विभिन्न स्थानहरूमा आन्दोलन गरिरहेका रास्वपा समर्थकहरूले दोषी नउम्किने र निर्दोष नफस्ने कानुनको सर्वमान्य सिद्धान्त अङ्गीकार गर्न पनि सुझाएका छन् । पछिल्लो समय मुलुकमा रहेका अधिकांश सहकारीमार्फत बचतकर्ताको रकम अपचलन भएको छ । राजनीतिक विश्लेषक डा. केपी शर्माले सरकारको यो कदमले सहकारी पीडितले रकम फिर्ता पाउनेमा शंका उत्पन्न भएको छ । सहकारीमा एमाले सम्बद्ध व्यक्तिहरूको ठुलो लगानी समेत रहेको छ । यहीँ अवस्थामा पीडितलाई पीडाबाट मुक्त गराउनुको साटो राजनीतिक पूर्वाग्रहले खेलेको राजनीतिक विश्लेषकहरूको तर्क छ । 
     
    सहकारी पीडितहरू अहिलेको दशैँपनि राम्रोसँग मनाउन पाएनन् भने तिहार पनि खल्लो हुने पक्का रहेको छ । सरकारले सहकारीको रकम फिर्ता गराउनका निम्ति नीति बनाउनुको साटो फरक ट्रयाकमा गइरहेको विश्लेषकहरूको तर्क रहेको छ । नयाँ आएका राजनीतिक दलहरूलाई निषेधको राजनीति गर्न खोजेको रास्वपाको आरोप रहेको छ । सहकारी पीडितको समस्या आजमात्रै होइन लामो समयदेखि आइरहेको छ । रवि पक्राउ प्रकरणमा एमालेले पूर्वाग्रह राखेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाको दाबी रहेको छ । 
     
    नेकपा एमालेकी नेतृ पद्मा अर्यालले आरोप लागेका व्यक्तिको पक्राउमा सडकमा उत्रिनु गैह्र लोकतान्त्रिक रहेको दाबी गर्नुभयो । टोपबहादुर रायमाझीको हकमा एमाले अनुसन्धानमा सहयोग गरिरहेको अर्यालको जिकिर थियो । 
     
    पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक घटनाक्रमले २०८४ सालसम्म अस्थिरताको दृश्य देखाएको छ । वास्तविक सहकारी पीडितलाई न्याय दिएर मुलुकमा स्थिरता कायम गर्नु सरकारको दायित्व हो ।   
     


    सोमवार, कार्तिक ५ २०८१०८:१५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij