Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने प्रचण्डको घोषणा

वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने प्रचण्डको घोषणा

  • सोमवार, कार्तिक ५ २०८१

  • 325
    SHARES

  • वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने प्रचण्डको घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताउनुभएको छ ।

    आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताउनुभएको हो।

    सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’

    वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुसार काम गर्न नसकेको उहाँको भनाइ छ ।

    पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई धकेल्ने काम गरिएको बताउँदै उनले यो अस्वाभाविक भएको बताउनुभयो ।

     


    सोमवार, कार्तिक ५ २०८१०२:२८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij