Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

  • सोमवार, कार्तिक ५ २०८१

  • 760
    SHARES

  • अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    काठमाडौं। नेपाल र अमेरिकाबिच जारी तीन खेलको टी–२० सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनायो। अमेरिकाका लागि सैतेजा मुकामलाले ६८ रन बनाउँदा मिलिन्डा कुमारले ४३ रन बनाए।

    त्यस्तै एरोन जोनेसले १३ रन तथा हर्मित सिंहले १० रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका थिए। यसअघि नै सिरिज भने नेपालले जितिसकको छ।

    लगातार दुई खेलमा जित निकालेको नेपालले रोमाञ्चक दोस्रो खेलमा सुपर ओभरमा जित निकालेको थियो। त्यसअघि पहिलो टी–२० खेलमा १७ रनले जितेको थियो।

     


    सोमवार, कार्तिक ५ २०८१०७:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij