Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

  • आइतवार, कार्तिक ४ २०८१

  • 410
    SHARES

  • एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ ।

    बैठकमा समसामयिक छलफल हुने जनाइएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने सम्भावना रहेको छ ।

    यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झण्डै ११ रोपनी जग्गा दानका रुपमा लिएको छ । यसको पार्टीभित्रैबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ ।


    आइतवार, कार्तिक ४ २०८१०८:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij