Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

तीन ठूला दलका नेताहरू बालुवाटारमा भेला

तीन ठूला दलका नेताहरू बालुवाटारमा भेला

  • बिहिवार, कार्तिक १ २०८१

  • 371
    SHARES

  • तीन ठूला दलका नेताहरू बालुवाटारमा भेला

    काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी छन् ।

    बैठकमा शान्ति प्रक्रियालाई टुंग्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

     


    बिहिवार, कार्तिक १ २०८१०२:११:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij