Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

  • मंगलवार, आश्विन २२ २०८१

  • 417
    SHARES

  • निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

    काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक वर्षमा आयोगले सम्पादन गरेका कामहरूको प्रतिवेदन आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो।

    प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताउनुभयो ।

    उहाँले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।


    मंगलवार, आश्विन २२ २०८१०१:४०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij