Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढ्यो

सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढ्यो

  • सोमवार, आश्विन २१ २०८१

  • 497
    SHARES

  • सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढ्यो

     काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन ।

    बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।

    अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे ।

    बैंकिङ १.९०, विकास बैंक १.१०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर १.०५, लगानी १.४६, जीवन बीमा १.११, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.८८, अन्य २.६१ र व्यापार समूह १.४६ प्रतिशत बढे ।

     

    थ्रीस्टार हाइड्रोपावरको ९.९, दोल्ती पावरको ९.६, जोशी हाइड्रोको ८.४, पिपुल्स हाइड्रोपावरको ७.५ प्रतिशत मूल्य बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै विन नेपाल लघुवित्तको ६.१, जनउत्थान सामुदायिक लघुवित्तको ४, पोखरा फाइनान्सको ३.७ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।


    सोमवार, आश्विन २१ २०८१०४:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij