काठमाडौं । रास्वपा सभापति एवं चितवन–१ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम विथोल्न खोजिएको छ ।
कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको रास्वपाको दाबी छ । रास्वपाले सहकारी पीडितका नाममा कांग्रेस र एमालेले रविमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको आरोप लगाएको हो ।
यसअघि शुक्रबार मुग्लिङ बजारमा पनि सहकारी पीडित संघर्ष समितिको ब्यानरमा केही व्यक्तिले विरोध गरेपछि रास्वपा समर्थक र उनीहरुबीच झडप भएको थियो ।