Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश श्रेष्ठबारे बोलेको विषयमा कुनै गल्ती गरेको छैन : बार अध्यक्ष घिमिरे

प्रधानन्यायाधीश श्रेष्ठबारे बोलेको विषयमा कुनै गल्ती गरेको छैन : बार अध्यक्ष घिमिरे

  • मंगलवार, आश्विन १५ २०८१

  • 577
    SHARES

  • प्रधानन्यायाधीश श्रेष्ठबारे बोलेको विषयमा कुनै गल्ती गरेको छैन : बार अध्यक्ष घिमिरे

    काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेको विषयमा कुनै गल्ती नगरेको बताउनुभएको छ ।

    घिमिरेविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भन्नुभयो, ‘न्याय परिषद्ले गरेका कामका सन्दर्भबारे मैले प्रधान न्यायधिशबारे बोलेको हुँ, यो बोल्न पाइन्छ ।’

    उहाँले न्यायलयमा भष्ट्रचार रहेको कुरा अघिल्ला प्रतिवेदनहरुले देखाएको र त्यसको निश्कर्ष आफुले बोलेभन्दा पनि कडा रहेको बताउनुभयो ।

    ‘यसरी हेर्दा त सबैलाई महाअभियोग या अवहेलना मुद्दा लाग्नु पर्ने रहेछ त । आफूलाई मन परेको विषय बोल्ने या आफूलाई मन नपरेका विरुद्ध महाअभियोग वा अवहेलना लगाउने भन्ने हुँदैन । यसको नेपाल बार एसोसिएसन डटेर प्रतिवाद गर्छ’, उहाँले भन्नुभयो।

    अवकाशको मुखमा रहेका प्रधानन्यायधीश श्रेष्ठले अध्यक्षता गर्ने न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि घिमिरेले आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । प्रधानन्यायाधीशले लेनदेनका आधारमा सिफारिस गरेको उहाँको भनाइ थियो ।


    मंगलवार, आश्विन १५ २०८१०४:१८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij