Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अवरुद्ध सडकहरु यथासिघ्र सञ्चालनमा ल्याउछौं : मन्त्री दाहाल

अवरुद्ध सडकहरु यथासिघ्र सञ्चालनमा ल्याउछौं : मन्त्री दाहाल

  • सोमवार, आश्विन १४ २०८१

  • 606
    SHARES

  • अवरुद्ध सडकहरु यथासिघ्र सञ्चालनमा ल्याउछौं : मन्त्री दाहाल

    काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोबाट अवरुद्ध सडकहरु यथासिघ्र सञ्चालनमा ल्याइने दावी गर्नुभएको छ। बिहिबारदेखी परेको अविरल वर्षाले निम्याएको बाढी पहिरोले अवरुद्ध तथा क्षतविक्षत बनेका सम्पूर्ण सडकसञ्जाल सिघ्र सञ्चालनमा ल्याउनु सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भयो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै मन्त्री दाहालले यसपटक विपदले निकै ठुलो क्षति पुराएको र अझै पनि देशका अधिकांश सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेकोले सडक सञ्चालनमा ल्याउन सम्पूर्ण जनशक्ती त्यसतर्फ लगाइएको बताउनु भयो।

    मन्त्री दाहाले देशको संघीय राजधानी भित्रीने र बाहिरिने मुख्य सडक सञ्जालमा विपदले निम्तिएका बाढीपहिरोले ठुलो धनजनको क्षति भएको भन्दै यसबाट प्रभावितलाई उचित क्षतिपूर्ति पनि दिलाउने बताउनु भयो।

    दशैं तिहार जस्ता चाडपर्व पनि नजिकिएको र अझै ठाउँठाउँमा बिचबाटोमै यात्रुहरु अलपत्र रहेकोले उनिहरुलाई छिटो गन्तव्यमा पुराउन सडकसञ्जाल सिघ्र सञ्चालनमा ल्याउने काम सरकारको पहिलो प्राथमिकता परेको उहाँले बताउनुभयो ।


    सोमवार, आश्विन १४ २०८१०८:२३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij